बलिउडका फिल्म समीक्षक केआरकेले अभिनेता रणवीर सिंहलाई दिवंगत अभिनेता सुशान्त सिंह राजपूतले श्राप दिएको बताएका छन्।
केआरकेका अनुसार फिल्म ‘गोलियों की रासलीला और रामलीला’ मा पहिलो पटक सुशान्त सिंह राजपुतले का मगर्ने भएका थिए। सुशान्त निर्देशक सञ्जय लीला भन्सालीको पनि पहिलो रोजाइ थिए, तर यशराज फिल्म्ससँगको सम्झौताका कारण उनले फिल्म गर्न सकेनन्।
केआरके भन्छन् ‘रामलीला सुशान्तलाई उपलब्ध भएको भए सुशान्तले रणवीरले पाएको स्टारडम पाउने थिए।’
रणवीर सिंहले फिल्म ‘गोलियों की रासलीला र रामलीला’बाट रातारात प्रसिद्धि पाएका थिए।
यो फिल्मपछि उनले ‘बाजीराव मस्तानी’ र ‘पद्मावत’ जस्ता फिल्ममा काम गर्ने अवसर पाए। यी दुई फिल्मपछि रणवीर सफलताको शिखरमा पुगेका थिए । यी फिल्मपछि रणवीर र दीपिकाको जोडी पनि हिट भयो ।
जब ‘गोलियों की रासलीला रामलीला’ बन्न लागेको थियो, मिडियामा खबर आएको थियो कि फिल्मका निर्देशक सञ्जय लीला भन्सालीले सुशान्त सिंह राजपुतलाई कास्ट गर्न चाहन्थे तर आदित्य चोपडाले यशराज फिल्म्ससँग गरेको सम्झौताका कारण उनले गर्न यो फिल्ममा काम गर्न पाएनन्। पछि सञ्जय लीला भन्सालीले रणवीर सिंहलाई बाध्यतामा कास्ट गरे।
सुशान्त सिंह राजपुत सन् २०२० जुन १४ मा बान्द्रास्थित आफ्नै घरमा रहस्यमय रूपमा मृत फेला परेका थिए। पहिलो नजरमा यो घटना आत्महत्या भएको देखिए पनि पछि मिडिया र विपक्षी दलको दबाबका कारण घटनाको अनुसन्धान सीबीआईलाई सुम्पिएको थियो। सीबीआईको पछिल्लो प्रतिवेदनमा मृत्युको वास्तविक कारण आत्महत्या भनिएको थियो।
सुशान्त डिप्रेशनसँग लडिरहेको चर्चा भएको थियो।
बलिउडका उम्दा अभिनेताका रुपमा चिनिएका सुशान्तले टिभी सिरियल ‘पवित्र रिश्ता’बाट आफ्नो करियर सुरु गरेका थिए। यसपछि उनले सन् २०१३ मा ‘के पो चे’ बाट फिल्ममा डेब्यु गरे।
उनले आफ्नो जीवनकालमा १२ भन्दा धेरै फिल्ममा अभिनय गरे। एनले अभिनय गरेका मध्ये ‘पिके’, ‘एम एस धोनी’, ‘छिछोरे’, ‘सोनचिरिया’ लगायतका फिल्म हुन्। उनले अन्तिम पटक ‘दिल बेचारा’ फिल्ममा अभिनय गरेका थिए।
Shares

प्रतिक्रिया