कला


आलिया भन्छिन्– आमा बनेकोमा पछुताउने छैन

आलिया भन्छिन्– आमा बनेकोमा  पछुताउने छैन

नेपालखबर
पुस १८, २०७९ सोमबार ११:३५, काठमाडौँ

केही समयअघि आमा बनेकी बलिउड अभिनेत्री आलिया भट्ट पुनः बाहिर निस्किएकी छिन्। करिअरको उत्कर्षमा पुगेका बेला विवाह र आमा बनेकी आलियाले एक अन्तर्वार्तामा आफ्नो जविनका निर्णयका बारेमा खुलेर कुरा गरेकी छिन्। 

हालैको एक अन्तर्वार्ताका क्रममा उनले आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनका बारेमा मनले निर्णय गर्ने खुलाएकी छिन्।

मनले गरेको निर्णय भएकाले करिअरको उत्कर्षमा रहेका बेला छोरी राहालाई जन्माउने निर्णले आफूलाई कहिल्यै पछुतो नहुने बताएकी छिन्। आलियाले २०२२ मा आफ्नो करियरको पिकअप लिएकै बेला विवाह र लगत्तै आमा बन्ने निर्णय गरेकी थिइन्।

आलियाले भनेकी छिन्, ‘जीवनमा सही वा गलत हुँदैन । मेरो लागि काम गर्ने कुरा अरू कसैको लागि काम नगर्न सक्छ। म सधैं मेरो हृदय पछ्याउने व्यक्ति भएको छु। तपाईले बनाएको योजनामा जीवन चल्दैन, जीवन आफैंले आफ्नो योजना बनाउँछ। तपाई हामीले त्यो बाटो पछ्याउने मात्रै हो। फिल्म हाखेस् वा अरु केहि मैले सधैं मनलाई निर्णय गर्न दिएको छु ।’

आलियाले आफ्नो जीवनको सबैभन्दा सुन्दर निर्णय छोरी जन्माउने रहेको बताएकी छिन्। ‘मलाई थाहा थियो कि जीवनमा, म बच्चा जन्माउने निर्णयमा कहिल्यै पछुताउने छैन। यो मेरो अहिलेसम्मको सबैभन्दा राम्रो निर्णय थियो। म यो भन्दा खुसी कहिल्यै भएको छैन’, उनले थपिन्।

अघिल्लो वर्ष अप्रिल १४ मा लामो समयको प्रेमपछि आलिया र रणवीरले विवाह गरेका थिए। विवाह गरेको दुई महिनामै आलियाले आमा बन्ने निर्णय गरेकी थिइन। गत नोभेम्बरमा आलियाले छोरी राहालाई जन्म दिएकी थिइन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad