विश्वचर्चित विश्वचर्चित हलिउड तथा चिनियाँ अभिनेता जेट ली नेपाल भ्रमणमा छन। क्रिसमस मनाउने क्रममा उनी गतसाता नेपाल आएका हुन्। उनले छ दिन नेपालमा बिताइसकेका छन्।
‘मेरो परिवार र मैले ६ दिनसम्म मिङ्ग्युर रिन्पोछेसँग बसेर पढ्न पायौं। यी लेखकले हामीलाई दिएको समय र उनका सुन्दर विचारको हामी प्रशंशा गर्छौँ’ उनले लेखेका छन्।
उनले अन्य शिक्षकहरुसँग पनि भेटेको र रमणीय ठाउँ घुम्न पाउँदा खुशी लागेको बताएका छन्।
चिनियाँ फिल्म ‘साओलिन टेम्पल’बाट सन् १९८२ मा अभिनय थालेका उनले हलिउड फिल्म ‘रोमियो मस्ट डाइ’ गरेका थिए। त्यसयता उनले केही चर्चित फिल्महरूमा अभिनय गरेका छन्।
1.7k
Shares
प्रतिक्रिया