प्रदर्शनको प्रचारमा रहेको फिल्म ‘ह्यारी की प्यारी’को नयाँ गीत सार्वजनिक भएको छ। फिल्मको आइटम गीत सार्वजनिक गरिएको हो। ‘धरहरा’ बोलको आइटम गीतमा रेखा थापाले ठुम्का मारेकी छन्।
गीत मीना पोखरेल निरौला र सपन कुमारले गाएका हुन्। गीतमा संगीत शिखर सन्तोषको छ। डाक्टर भोला रिजालले लेखेको गीत फिल्ममा समावेश गरिएको छ। वी.आर प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्ममा डाक्टर कपिल शर्माको कथा तथा निर्देशन छ।
आइटम गीतको भिडिओमा रेखाको कम्मर ठोक्किएदेखि आँखाको गाजलको कुरा गरिएको छ। गीतमा जितु नेपाल र विजय बराल पनि देखाइएको छ। यो फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाहले शीर्ष भूमिकामा अभिनय गरेकी छन्।
सुदीप बरालको छायांकन गरेको फिल्ममा अर्जुन जीसीको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी छ। फिल्म सुदीप बराल, गिरिराज घिमिरे, अभिमन्यू निरवी र कपिल रिजालले लेखेका हुन्।
हेर्नुहोस् गीतको भिडिओ
Shares
प्रतिक्रिया