कला


प्रकाश सपुतको पहिलो प्रयास

प्रकाश सपुतको पहिलो प्रयास

नेपालखबर
पुस १०, २०७९ आइतबार ११:८, काठमाडौँ

नेपाली लोक गायन क्षेत्रमा बेग्लै पहिचान बनाएका गायक हुन् - प्रकाश सपुत। उनले गाएका थुप्रै गीत आम मानिसको जनजीवनसँग गाँसिएका छन्। लोकप्रिय छन्। 

उनै गायक सपुतले पहिलोपटक देउडा गीत गाएका छन्। उनले गायिका लक्ष्मी आचार्यसँग ‘लाई हेल कालो टीको’बोलको देउडा भाकामा आवाज भरेका छन्। सुदूरपश्चिमको कला र संस्कृति समेटिएको यस गीको भिडिओमा पनि प्रकाश र लक्ष्मी देखिएका छन्। 

सार्वजनिक गीतमा नरेन्द्र रेग्मीको शब्द तथा संगीत सुन्न सकिन्छ। गीत संयोजन, मिक्सिङ र सम्पादन श्यामश्ववेत रसाइलीको छ। 

गीतको म्युजिक भिडिओ निर्देशन मौसम हिमालीले गरेका हुन्। नवराज उप्रेतीको छायांकन रहेको भिडिओ सम्पादन प्रवीण भट्टले गरेका हुन्। भिडिओमा सह–निर्देशन विशाल घिमिरेले गरेका छन्। 

गायक प्रकाश सपुतको यो नै पहिलो देउडा गायन हो। उनले गीत सार्वजनिक भएसँगै आफ्नो पहिलो कोसिसलाई सांस्कृतिक सहिष्णुता सम्झेर स्वीकार्न अनुरोध गरेका छन्। 

प्रकाशले फेसबुकमा लेखेका छन् ‘दोहोरी साझमा कार्यरत रहदा सबै खालका गितहरु  गाईयो । त्यहि बेला जानिनजानी देउडामा दोहोरी पनि खुब खेलीयो तर यसरी अफिसियल रेकर्ड भने भएको थिएन । यसपाली अग्रज नरेन्द्रराज रेग्मी ज्युको संकलन रहेको ‘लाई हेल कालो टिको’ गीतलाई गायिका लक्ष्मी आचार्यले रि रेकर्ड गराई मलाई आवाज भर्ने अवसर दिनु भएको छ । सुदुरकै कलाकारले गाए जस्तो त पटक्कै नहुने रहेछ । यसलाई एउटा  कोसिस र सांस्कृतिक सहिष्णुता सम्झेर स्विकारीदिनु होला।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad