ad ad

कला


करिश्मा भन्छिन् : एउटा अपराधी जेलमुक्त भयो, नातिनी सरह डेट जान चाहन्छिन्

करिश्मा भन्छिन् : एउटा अपराधी जेलमुक्त भयो, नातिनी सरह डेट जान चाहन्छिन्

नेपालखबर
पुस ८, २०७९ शुक्रबार १९:१५, काठमाडौँ

अभिनेत्री करिश्मा मानन्धर पछिल्लो समय विवादमा आएपनि सामाजिक विषय बस्तुमा बोल्न थालेकी छिन्।

नेपाली जेलमा १९ वर्षसम्म जेल जीवन विताएका सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराज थुनामुक्त भए। 

चार्ल्स शोभराज जेल मुक्त हुँदै गर्दा विभिन्न खालका टिप्पणी आइरहेका छन्। यही विषयलाई लिएर नायिका करिश्माले पनि टिप्पणी गरेकी छिन्।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ‘एउटा अपराधी जेलमुक्त भयो। नातिनी सरह डेट जान चाहन्छिन्। यो आजको समाचार हो। अब, बलात्कारमा हामी जस्लाई पोलु।’

अहिले करिश्माको स्टाटस माथि पनि सञ्जालमा बहस भैरहेको छ। कतिले करिश्माले नबुझी स्टाटस लेखेको बताइरहेका छन् भने कतिपय करिश्माको समर्थनमा पनि देखिएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .