आगामी शुक्रबार गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनको उपाधि भिडन्त हुँदै छ। उपाधिका लागि अन्तिम चारमा प्रवेश गरेका प्रतियोगीले प्रतिस्पर्धा गर्ने छन्। ‘द भ्वाइस’को ग्राण्ड फिनालेमा ३ जना पुरुष र १ महिलाले प्रतिस्पर्धा गर्ने छन्।
उपाधि भिडन्तमा प्रमोद खरेलको टिमबाट योगेश मग्, राजेशपायल राईको टिमबाट सविना योङहाङ, राजु लामाको टिमबाट करण राई र प्रविशा अधिकारीको टिमबाट शाहिल लिम्बुले अन्तिम प्रतिस्पर्धामा सहभागीता जनाउने छन्।
दर्शकले गरेको भोटको आधारमा यी चार मध्येबाट एक जनाले आगामी शुक्रबार उपाधि जित्ने छन्। दर्शले आगामी शुक्रबार प्रसारण समयसम्म भोट गर्न पाउने भ्वाइ टिमले जनाएको छ।
‘द भ्वाइस अफ नेपाल’को ग्राण्ड फिनाले शुक्रबार राती ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुने छ। सोही दिन अर्को सांगीतिक रियालिटी शो ‘नेपाल लोकस्टार’को प्रसारण मिति घोषणा हुने बताइएको छ।
Shares
प्रतिक्रिया