कला


पुष्पको माया पाउन भौतारिएकी साम्राज्ञी

पुष्पको माया पाउन भौतारिएकी साम्राज्ञी

नेपालखबर
पुस ६, २०७९ बुधबार ८:३७, काठमाडौँ

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का स्टारर ‘तिम्रो मेरो साथ’को ट्रेलर रिलिज गरिएको छ।

ट्रेलरमा पुष्पको माया पाउन साम्राज्ञी भौतारिरहेकी देखिन्छिन्। 

रमेश एमके पौडेलको निर्माण तथा निर्देशनमा बनेको यो फिल्ममा साम्राज्ञी र पुष्पलाई सन्दीप क्षेत्री, इमिली लामा, सरोज खनाल, खड्क बहादुर पुन, दीपाशा केसी लगायतका कलाकारले साथ दिएका छन्। 

फिल्ममा अर्नव पौडेल र आर्यन पौडेलको पनि लगानी छ। फिल्मको कथा लेखनमा सविर श्रेष्ठ र बाबुराम निरौलाले सहकार्य गरेका छन्।

शिव ढकालको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन, सुभाष भुसाल र योगेश काजीको संगीत रहेको फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी छ। 

फिल्म यही पुस २९ गते अल नेपाल रिलिजको तयारीमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .