शोभित बस्नेतको नयाँ फिल्म ‘जय हो’मा निर्देशकका रुपमा टेक पैरवी राई भित्रिएका छन्। सलोन सलिना फिल्म्स र निर्देशक टेक पौरखी राईबीच लिखित सम्झौता भयो। यो फिल्ममा सलोन बस्नेतले शीर्ष भूमिकामा देखिने छन्।
फिल्म निर्देशनमा अनुबन्ध भएका राई चित्रकार हुन्। उनले कोरेका चित्र विश्वव्यापी रुपमा बिक्री हुने गरेका छन्। माघ अन्तिम सातादेखि छायांकनमा जाने यो फिल्म काठमाडौँ, पोखरा, मुस्ताङ र अस्ट्रेलियामा छायांकन गरिने छ।
सुरेश न्यौपानेको कथा रहेको फिल्ममा अहिलेसम्म सलोन मात्र फाइनल भएका छन्। अन्य कलाकार र मुख्य अभिनेत्रीको छिट्टै टुंगो लाग्ने निर्माण पक्षले बताएको छ।
एक्सन लभस्टोरी सिनेमामा सागर आले मगरले संगीत भर्नेछन्। यो फिल्ममा राज के अधिकारी र सुरज सरकारले लगानी गर्नेछन्।
फिल्ममा राम्जी राउत क्रियटिभ निर्देशकका रुपमा रहनेछन्।
Shares

प्रतिक्रिया