यस वर्ष मिस इन्टरनेसनलको उपाधि जर्मनीले जितेको छ। जर्मनकी २२ वर्षीया जस्मिन सेलबर्गले ‘मिस इन्टरनेसनल २०२२’ को उपाधि जितेकी हुन्।
जापानको राजधानी टोकियोमा आयोजित ग्रान्ड फिनालेमा काबो भर्डी फस्ट रनरअप, पेरु सेकेन्ड, कोलम्बिया थर्ड र डोमिनिकन रिपब्लिक फोर्थ रनरअप घोषणा भए।
मिस इन्टरनेसनलको यो संस्करणमा विश्वका ६६ देश प्रतिस्पर्धामा थिए। मिस इन्टरनेसनलको ६०औँ संस्करणमा नेपालकी न्यान्सी खड्काले पनि प्रतिस्पर्धा गरेकी थिइन्।
‘दिगो विकासका लागि सौन्दर्य’ नारासहित भएको प्रतियोगीताका प्रतिस्पर्धीहरुले पाँच महादेशका कन्टिनेन्टल क्विनका लागि पनि मतदान गरे।
नेपालबाट प्रतिस्पर्धामा सामेल न्यान्सीले उत्कृष्ट १५ सम्मको यात्रा तय गरिन्।
33
Shares
प्रतिक्रिया