फ्राइडे रिलिज अन्तर्गत आजदेखि नयाँ फिल्म ‘पासो’ हलमा लागेको छ। केही सातायता नयाँ नेपाली फिल्म नलागेको सिनेमा घरमा यो साता ‘पासो’ले एक्लै प्रदर्शन हुने मौका पाएको छ।
रिस्ता बस्नेतको शीर्ष भूमिका रहेको यो फिल्मले दर्शकको माया पाउने निर्माताको अपेक्षा छ। अपहरणपछि २ युवतीले बाँच्नका लागि गरेको संघर्षको कथा यो फिल्ममा छ।
फिल्ममा अपहरित युवतीको भूमिकामा रिस्तासँगै सुनिशा बजागाईं देखिएकी छन्। सुनिशा र रिस्ताका साथमा फिल्ममा रामकुमार बस्ताकोटी, प्रतीक दुलाल, प्रणव आकाश शीर्ष भूमिकामा छन्।
फिल्म आर.बी पुनले निर्देशन गरेका हुन्। निर्देशक पुनकै कथा, पटकथा तथा संवाद रहेको फिल्ममा कुमार राउत, वसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना र सरस्वती गुरुङले लगानी गरेका छन्।
96
Shares
प्रतिक्रिया