ad ad

कला


‘किम्फ’मा देखाइँदै ‘बाघको बंगारा’

‘किम्फ’मा देखाइँदै ‘बाघको बंगारा’

नेपालखबर
मंसिर १५, २०७९ बिहिबार ११:७, काठमाडौँ

अन्तर्राष्ट्रिय पर्वती फिल्म फेस्टिभल ‘किम्फ’मा फिल्म ‘बाघको बंगारा’ प्रिमियर हुने भएको छ। किम्फको २० औँ संस्करणमा मह सिकारीको कथा प्रस्तुत गरिएको ‘बाघको बंगारा’ प्रिमियर हुने भएको हो।

टेलिभिजन कार्यक्रम ‘हेर्ने कथा’की प्रस्तोता विद्या चापागाईंले निर्माण गरेको यो फिल्म कमलकुमारले निर्देशन गरेका हुन्। उत्तरी जाजरकोटका स्थानीयले लामो यात्रापछि अक्करे भीरमा चढेर गर्ने मह सिकारको कथा फिल्ममा देखाउन खोजिएको छ। 

‘हेर्ने कथा’ तयार पार्ने सिलसिलामै यो फिल्म बनाएको विद्याको भनाई छ। ‘किम्फ’मा फिल्म देखाउन आफू तयार रहेको विद्याले बताएकी छिन्। 

मंसिर २२ देखि २६ सम्म आयोजना हुने फेस्टिभलको पहिलो दिन ‘बाघको बंगारा’ प्रिमियर हुनेछ। फेस्टिभलमा अस्ट्रेलियाली फिल्म ‘फ्लाइ फ्रम एभरेस्ट’, भारतीय निर्देशक एम गनी निर्देशित फिल्म ‘माट्टोकी साइकिल’ लगायत ३० मुलुकका ६० भन्दा धेरै फिल्म प्रदर्शन हुनेछन्। 

काठमाडौंको राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा चल्ने फेस्टिभलमा यसपटक २४ जना भन्दा धेरै अन्र्तराष्ट्रिय फिल्ममेकर सहभागी हुनेछन्।

‘दिगो आरोहण’ भन्ने मुल नारा सहित हुन लागेको फेस्टिभलको नारा जलवायु परिवर्तन र वातावरणीय संकटले हिमाल आरोहणमा ल्याएको चुनौतिलाई लक्षित गर्दै तय गरिएको फेस्टिभल निर्देशक रम्यता लिम्बुले बताइन्। 

हिमाल एसोसिएसनको आयोजनामा हुन लागेको फेस्टिभलको सहआयोजक काठमाडौं महानगरपालिका हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .