लोकदोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ले केही सञ्चारमाध्यमले आफ्नाबारे मनगढन्ते कथा बनाएर पीडामाथि पीडा थप्ने काम गरिरहेको गुनासो गरेकी छन्।
उनले ती मिडियालाई आफ्नो आगो लागेको संसारको खरानीसमेत नउडाउन अनुरोध गरेकी छन्।
आफ्नो दाम्पत्य जीवन टुंगिनाका कारणबारे आफूले केही सञ्चारमाध्यमा आधिकारिक कुरा बताइसकेको उनले उल्लेख गरेकी छन्।
अब आफू पीडालाई शक्तिमा बदल्ने प्रयासमा रहेको जेरीले बताएकी छन्।
‘मेरो जे भन्नु थियो मैले डिभोर्स गाडि लालिगुराँसलगायत केही मिडियामार्फत आफ्नो आधिकारिक कुरा राखिसकेँ, अब उहाँ (शंकर क्षेत्री) र मेरो बाटो र जीवन नै अलग भइसकेको छ। कैले कस्तो साहित्य र गीत/संगीतमा पोखिन मन लाग्छ’, सामाजिक सञ्जालमार्फत जेरीले भनेकी छन्, ‘अब रित्तेको खुसी भर्ने र तीतो यथार्थ भुल्दै पीडालाई शक्तिमा बदल्ने कोसिसमा छु। केही मिडियाले मनगढन्ते कथा बनाएर मेरो आगो लागेको संसारको खरानीसमेत नउडाउन अनुरोध गर्दछु।’
एक छोरीकी आमा जेरीले पति शंकर क्षेत्रीसँग यही कात्तिक २४ गते काठमाडौं जिल्ला अदालतमा गएर ‘डिभोर्स’ गरेकी हुन्।
Shares
प्रतिक्रिया