ad ad

कला


उपासनाको पहिरन विवादमा

उपासनाको पहिरन विवादमा

फाइल तस्बिर


नेपालखबर
कात्तिक २२, २०७९ मंगलबार १३:१७, काठमाडौँ

अभिनेत्री उपासना सिंह ठकुरीले लगाएको पहिरन विवादमा परेको छ। आगामी पुस १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘डिसेम्बर फल्स’मा उपसनाले लगाएको पहिरन विवादमा परेको हो। 

गत साता मात्रै भक्तपुर दरबार स्क्वायरमा छायांकन भएको ‘डिसेम्बर फल्स’को गीतमा उपसनाले लगाएको पहिरन विवादमा परेको हो। उनले लगाएको पहिरनमा बौद्ध स्तुपा, स्वयंम्भु मन्दिरको चित्र प्रयोग गरिएको छ।

उनको पहिरनमा अंकित बौद्ध स्तुपा, स्वयंम्भु मन्दिरका कारण पहिरन विवादमा परेको हो। धेरैले पहिरनमा भगवानको अवमूल्यन गरिएको भनेर विरोध गरेका छन्। 

कतिपयले पहिरनको खुट्टाको भागमा मन्दिर, बौद्ध स्तुपाको प्रयोग गरिएको भन्दै आलोचना गरेका छन्। उनले उक्त पहिरन सहितको टिकटक अप्लोड गरेकी छिन्। उनको भिडियो टिकटकमा आएसँगै चर्चा र विवाद सुरु भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .