ad ad

कला


‘द भ्वाइस अफ नेपाल’को नकआउट चरण : कसको टिममा को–को छन्?

‘द भ्वाइस अफ नेपाल’को नकआउट चरण : कसको टिममा को–को छन्?

नेपालखबर
कात्तिक २२, २०७९ मंगलबार १२:२८, काठमाडौँ

गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को नकआउट चरण आउँदो शुक्रबार सुरु हुँदै छ। भ्वाइस अफ नेपालको चौथो सिरिजको नकआउट चरणमा ३६ प्रतियोगीले प्रतिस्पर्धा गर्नेछन्। 

अघिल्लो साता ब्याटल राउन्ड सकिएको छ। योसँगै भ्वाइस अफ नेपालका चार कोचको टिममा ९/९ जना प्रतिस्पर्धी बाँकी छन्। कसको टिमबाट को नकआउट चरण जाने भन्ने टुंगो लागेसँगै नकआउट चरणको छायांकन पनि सकिएको छ। 

नकआउट चरणमा कोट प्रमोद खरेलको टिमबाट प्रथम हाङ सुब्बा, प्रणिम राई, आशिष रायमाझी, कल्याण गन्धर्व, प्रतीक खाती बिके, योगेश मगर, दीप किराँती, वर्षा मानन्धर र आशिष महर नकआउट चरणमा प्रतिस्पर्धा गर्ने छन्।

यसैगरी राजेशपायल राईको टिमबाट भूपेन्द्र रणपाल, दिलेन आङ्बो, महेन्द्र बिके, मोहन नेपाली, मुस्कान राई, पदम राई, परेश राई, सविन योङहाङ र चन्द्रबहादुर कार्की नकआउट चरणमा पुगेका छन्।

कोच राजु लामाको टिमबाट रियाना गिरी, उपासना रिजाल, रिन्चेन तामाङ, पवित्रा गुरुङ, करण राई, टीकाबहादुर मगर, रेवश गुरुङ, गोविन्द लिम्बु र दिपेश गुरुङ नकआउट चरणमा पुगेका छन्। 

कोच प्रविशा अधिकारीको टिमबाट शान्तबहादुर राई, साहिल लिम्बु, विषम आचार्य, प्रिजोल नेपाली, निशा कार्की, वर्षा इटानी, रोशिन श्रेष्ठ, प्रतिक चापागाईं, मिङ्सोहाङ लिम्बु र समीर रसाइली नकआउट चरणमा प्रवेश गरेका प्रतिस्पर्धी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .