ad ad

कला


दोस्रो सातामा ‘महापुरुष’, गाउँबाट फर्किए कलाकार, विदेशमा ‘हाउसफुल’ व्यापार

दोस्रो सातामा ‘महापुरुष’, गाउँबाट फर्किए कलाकार, विदेशमा ‘हाउसफुल’ व्यापार

नेपालखबर
कात्तिक २०, २०७९ आइतबार ७:५८, काठमाडौँ

अघिल्लो साता रिलिज भएको फिल्म ‘महापुरुष’ राम्रो कलेक्सनसहित दोस्रो सातामा प्रवेश गरेको छ। फिल्मको प्रमोसनका लागि कलाकारको जम्बो टोली मोफसल यात्रामा पनि निस्कियो। नेपालमा ‘महापुरुष’ क्रेज राम्रै देखिएको छ। 

यो फिल्मले विदेशमा पनि राम्रो दर्शक पाएको छ। ‘जात्रा’ ‘शत्रुगते’ र ‘जात्रै जात्रा’को सफलता पनि निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेको ‘महापुरुष’ले संयुक्त राज्य अमेरिकामा राम्रो दर्शक पाइरहेको छ। यो फिल्मलाई अमेरिकामा नेपाल ११ इन्टरटेनमेन्ट एलएलसीले प्रदर्शन गरिरहेको छ।

नेपाली बक्स अफिसमा पहिलो सातानै ५ करोड ग्रस कलेक्सन गर्न सफल फिल्म अमेरिकाको डलासबाट विदेश प्रदर्शन सुरु गरिएको थियो।  सिनेपोलिस, युलेसमा हाल चलिरहेका १६ अन्य अंग्रेजी र हिन्दी फिल्मको तुलनामा डलासमा दोस्रो हप्तामा प्रदर्शन भइरहेको ‘महापुरूष’ले बक्स अफिसमा उत्कृष्ट नतिजा देखाएको नेपाल ११ इन्टरटेनमेन्ट एलएलसीका प्रतीक सुवेदीले बताएका छन्। 

नोभेम्बर ४ बाट अन्य ९ हलमा फिल्म रिलिज थपिने सुवेदीले बताए। सबै हलमा फिल्मको नियमित २ शो हुने सुवेदीको भनाई छ। आउँदो हप्तामा यो चलचित्र ग्रिन्सबोरो, सान फ्रान्सिस्को, न्युयोर्क, ओक्लाहोमा सिटी, न्यु जर्सी, सिएटल, कोलम्बस र क्यानडाका ३ सहरमा रिलिज हुने तयारीमा रहेको समेत सुवेदीले बताए ।

नेपालमा पनि फिल्मका दर्शक दोस्रो सातामा पनि घटेका छैनन्। मोफसलका दर्शकसँग भेटघाट गर्दै देशका विभिन्न शहर पुगेको फिलम युनिट काठमाडौं फर्किएको छ। उनीहरुले  े दर्शकसँग भेटघाट सुरु गरेका छन्। फिल्मको बारेमा दर्शकले नै राम्रो छ भनेपछि दोस्रो हप्तामा झनै दर्शक बढिरहेका छन्। हामी विभिन्न हलमा पुगेर भेटघाट गर्दैछौँ’ फिल्मका कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँले बताए । 

एकल पुरुषको विवाहको मुद्दा उठाएको यो फिलममा मह जोडीका साथमा गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, शिरू विष्ट, अरुण क्षेत्री र अञ्जना बराईली शिर्ष भूमिकामा देखिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .