ad ad

कला


बालगृहका बालबालिकासँग प्रेमगीत ३ टिमको तिहार

बालगृहका बालबालिकासँग प्रेमगीत ३ टिमको तिहार

नेपालखबर
कात्तिक ८, २०७९ मंगलबार ८:५२, काठमाडौँ

बक्स अफिसमा राम्रो कमाई गरेको फिल्म ‘प्रेमगीत ३’टिमले बालगृहका बालबालिकासँग तिहार मनाएको छ। काठमाडौंको बुढानीलकण्ठस्थित ‘बालगृह महासंघ’का बालबालिकासँग सफलताको खुशी साट्दै तिहारको शुभकामना आदानप्रदान गरेको हो। 

लक्ष्मीपूजाको अवसर पारेर फिल्मका अभिनेता प्रदीप खड्का, अभिनेत्री क्रिष्टिना गुरुङ, निर्माता तथा निर्देशक सन्तोषलगायतको टिम बालगृह पुगेको हो । बालगृहका ५५ जना बालबालिकासँग प्रेमगीत टिमले देउसी भैलो खेल्दै खाना खुवाएर खुशी सेलिब्रेट गरेको हो। 

सोही अवसरमा निर्माता सेनले बालगृहमा रहेका ५५ जना बालबालिको एक वर्षसम्मको स्कुल शुल्क,  उनीहरुलाई लत्ताकपडा, सिरक–डस्ना प्रदान गरे। यसैगरी आशुसेन फिल्म्सले बालगृहको जीर्ण भवनको मर्मतसम्भार तथा रंगरोगन गरिदिएको छ। 

निर्माता सेनले एक विज्ञप्ती जारी गर्दै भनेका छन् ‘यो उत्सव कुनै फाइभस्टार होटलको भन्दा कम महसुस थिएन । बालगृह महासंघको भवन जीर्ण अवस्थामा थियो, हाम्रो टिमले घरलाई मर्मतसम्भार गरेर रंगरोगन गरेर उज्यालो पार्दै गर्दा छुट्टै किसिमको खुसी प्राप्त भएको थियो, सायद फाइभस्टार होटलमा सेलिब्रेट गर्दा यो खुसी पाइँदैनथ्यो । स्वर्गीय लेखक तथा निर्देशक दाइ छेतेन गुरुङलाई यो समय असाध्यै सम्झना गरेका छौं ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .