नेपाली कथानक चलचित्र ‘महापुरुष’को प्रिमियरमा उपस्थित सबैले राम्रो प्रतिकृया दिए।
यो प्रतिकृयाले फिल्म प्रिमियरमा उपस्थित नभएका दर्शकको मनमा कौतुहलता जन्माएको छ।
प्रिमियरमा उपस्थित अभिनेता निश्चल बस्नेतका बाबुले त फिल्म हेर्न लैजाउ भन्न भ्याए।
निश्चल ले बुवाको चाहाना सुनाउँदै भने ‘मेरो फिल्म हेरौँनभन्दा हेरौला नि भन्नुहुन्छ । तर महापुरुष ट्रेलर हेरेर नै हेर्छु भन्नुभएको छ । यसले फिल्मप्रतिको आकर्षण बुझाउँछ ।’
सामाजिक विषयवस्तुमा आधारित ड्रामा फिल्म ‘महापुरुष’ प्रदीप भट्टराईले गरेका हुन्। प्रदीपका यस अघि नै ३ फिल्म हिट भैसकेका छन्। ‘महापुरुष’मा महजोडीका साथमा गौरी मल्ल, सिरु बिष्ट, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल लगायतका कलाकारले अभिनय गरेका छन्।
प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको यो फिल्म कार्तिक ११ गतेबाट रिलिज हुँदैछ।
Shares

प्रतिक्रिया