नेपाली फिल्म ‘२ नम्बरी’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलर कमेडी नै कमेडीले भरिपूर्ण छ।
दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन, वुद्दि तामाङ लगायतका कलाकार शिर्ष भूमिकामा देखिने छन्।
सार्वजनिक फिल्मको ट्रेलरमा सौगात र दयाको मित्रता देखाइएको छ।
सरोज नेपाली कार्यकारी निर्माता रहेको यो फिल्ममा सह–निर्माताको रुपमा मिठ्ठु तामाङ्नी रहेकी छिन्।
फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन र जयन जे वाइवाको संगीत रहेको छ।
यो फिल्ममा दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठले सयुक्त रुपमा लगानी गरेका छन्।
फिल्ममा दया र सौगात शिकारीको भूमिकामा देखिएका छन्।
भिडिओ-
असोज १२, २०७९, बुधबार
39
Shares
प्रतिक्रिया