कला


रविया नगरकोटी बने नेक्स्ट सुपर मोडल

रविया नगरकोटी बने नेक्स्ट सुपर मोडल

नेपालखबर
असोज १० , काठमाडौँ

सौन्दर्य प्रतियोगिता ‘नेक्स्ट सुपर मोडल २०२२’ को उपाधि रविया नगरकोटी र शैलेस मगरले जितेका छन्। ट्यालेण्ट पिक कम्पनीद्वारा आयोजित प्रतियोगितामा उनीहरुले क्रमशः महिला र पुरुष गरी दुई भिन्न विधाको उपाधि हात पारेका हुन्। 

उनीहरुले पुरस्कार स्वरुप एक–एक लाख रुपैया बराबर सेवा सुविधा हात पारेका छन्। प्रतियोगितामा साक्षी बास्तोला र सञ्जय पुरी ‘फस्ट रनर अप’ हुँदै २५ हजार बराबर सुविधा जिते। 

त्यस्तै पुरुषतर्फको अन्य टाइटलअन्तर्गत आयुष मिश्र ‘मस्ट पपुलर’, श्याम गुरुङ ‘पब्लिक च्वाइस’, अर्विन नेपाल ‘बेस्ट ड्रेस’, सञ्जय पुरी ‘बेस्ट वाक’ र शैलेस मगर ‘फोटोजेनिक’ भए। 

महिलातर्फ रविया नगरकोटी ‘मस्ट पपुलर’, मलिना राना ‘पब्लिक च्वाइस’, साक्षी बास्तोला ‘बेस्ट ड्रेस’, रविया नगरकोटी ‘बेस्ट वाक’ र नम्रता शाही ठकुरी ‘फोटोजेनिक’ भए।

रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगितामा दीपक घिमिरे, सद्दाम हुसेन, महेश केसी, रेजिना तुलाधर, धिरज तण्डुकार, र दिक्पाल कार्की निर्णायक थिए। प्रतियोगिताको इभेण्ट डाईरेक्टरमा परमानन्द चौधरी र म्यानेजरमा स्वस्ती दंगाल थिए।

प्रतियोगितामा फोटोग्राफी पार्टनरमा क्याप्चर क्रु, अफिसियल ड्रेस पार्टनरमा जिएसके भर्सटाइल, मेकअप पार्टनरमा मेकअप दरबार, वर्थ पार्टनरमा समसरा फिटनेस, नेपाल एअर होस्टेज एकेडेमी, क्याप्चर क्र्यु र मेकअप दरबार रहेका थिए।

असोज १०, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad