बलिउड सुपरस्टार सलमान खान लोकप्रिय रियालिटी शो ‘बिग बोस’ का प्रस्तोता हुन्। तर, हालै सलमानले बिग बोसको १३ औँ सिजन छोड्ने खबर बाहिरिएको छ।
सलमानले पनि यसबारे पहिलो पटक मुख खोलेका छन्।
‘मेरो एक मनले भन्छ, बिग बोस छोडिदिऊँ, तर एक मनले भन्छ, नछौँडुँ। र, नछोडुँ भन्ने भाव बलियो छ,’ उनले एक भारतीय सञ्चारमाध्यमलाई भनेका छन्।
बिग बोस सिजन १३ को पाँच साताको कार्यक्रम भने सलमानले चलाउने छैनन्। स्वास्थ्य र व्यस्तताका कारण उनी शोबाट बाहिर रहने जनाइएको छ।
सो अवधिमा फराह खानले शो सञ्चालन गर्ने छिन्। एजेन्सी

प्रतिक्रिया