कला


साइली मोरीलाई नेपथ्यले दियो नयाँ रुप

साइली मोरीलाई नेपथ्यले दियो नयाँ रुप

नेपालखबर
असोज २, २०७९ आइतबार ९:२१, काठमाडौँ

कुनै समय संगीतको माध्यमबाट चेतनाको जागरण फैलाउँदै हिँडेका कवि मञ्जुलले आफ्ना लेखनीमा पूर्वी नेपालको डाँडापाखाका प्रेममय भाकाहरु पनि उतारेका थिए ।

यसै क्रममा २०२४ सालको एउटा कविता संग्रहमा प्रकाशित उनको गीतलाई नेपथ्य ब्याण्डले नयाँ रुपमा बजारमा ल्याएको छ। 

मञ्जुलको कविता ‘साइँली मोरीलाई’ नेपथ्य ब्याण्डका गायक अमृत गुरुङले गीत बनाएर सार्वजनिक गरेका हुन्। 

‘धेरै पहिले यसलाई कविता संग्रहमा पढेको थिएँ। त्यो पुस्तकमा पनि विशेष गरेर यो रचनाचाँहि बारम्बार पढेकाले कण्ठस्थै थियो’ अमृतले गति सार्वजनिक गर्दै भने। 

मञ्जुल र रामेशले गरेको पदयात्रामा आधारित गीतियात्रा संस्मरण ‘सम्झनाका पाइलाका डोबहरू’ पछ्याउँदै हिँड्दा नेपथ्यका गायक अमृत गुरुङले ओखलढुंगा हुँदै खोटाङ पदयात्रा गदौ बाटोमा एक नवविवाहित जोडीलाई भेटेपछि यो गीत सम्झिएको बताएका छन्।

काठमाडौंबाट पैदल हिडेर पूर्वी पहाडी कुना संखुवासभा पुग्दा अमृतले तयार पारेको यो गीत कन्सर्टमा पनि प्रस्तुत भइसकेको छ। यो गीत तयार पार्नका लागि अमृतलाई ड्रमसेटमा ध्रुब लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिएका छन्। 

भिडिओ- 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .