कला


सञ्चिताको गुलाबी ‘लुक्स’

सञ्चिताको गुलाबी ‘लुक्स’

नेपालखबर
असोज २, २०७९ आइतबार ९:९, काठमाडौँ

अभिनेत्री सञ्चिता लुइँटेल अहिले फिल्म ‘गुलाबी’को छायांकनमा व्यस्त छिन्।

उनले सामाजिक सञ्जालमार्फत आफू फिल्मको छायांकनमा व्यस्त रहेको जानकारी दिइरहेकी छन्। सञ्जालमा उनले तस्बिरहरु पनि सार्वजनिक गरिरहेकी छन्।

उनले ‘गुलाबी’मा निर्वाह गरेको भूमिका झल्कने खालको तस्बिर पनि सार्वजनिक भएको छ। उनी फिल्ममा विवाहित महिलाको भूमिकामा प्रस्तुत भएकी छन्। 

याे फिल्ममा सञ्चितासँगै नाजिर हुसेन र सुशील सिटौला शीर्ष भूमिकामा देखिने छन्। समुन्द्र भट्टले निर्देशन गरिरहेको फिल्मको कथा निर्देशक भट्टले नै लेखेका हुन्।

फिल्म ‘गुलाबी’मार्फत निर्देशक भट्ट पारलैङ्गिकताको कथा प्रस्तुत गर्ने तयारीमा छन्। फिल्मको पटकथा तथा संवाद लेखनमा राजकुमार श्रेष्ठसँग नाजिर हुसेनले सहकार्य गरेका छन्।

दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानर र अनुपम फिल्मस्को सहकार्यमा निर्माण भएको ‘गुलाबी’को छायांकन दसैंअगावै सक्ने तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .