ताइवानमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ।
शनिबार ताइवानको समुद्री सहर टइटुङको ५० किलोमिटर उत्तरमा रहेको स्थानलाई केन्द्रबिन्दु बनाउँदै ६.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूकम्प मापन केन्द्र यूएसजीएसले बताएको छ।
ताइवानले भने यो भूकम्प ६.४ म्याग्निच्युडको रहेको बताएको छ।
भूकम्पको धक्का समग्र ताइवानभर महसुस गरिएको थियो। राजधानी सहर ताइपेईमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो।
अहिलेसम्म भूकम्पमा परी मृत्यु हुने वा क्षतिको विवरण आइसकेको छैन।
54
Shares
प्रतिक्रिया