नेपाली फिल्म ‘बाबरी’को नयाँ गीत रिलिज भएको छ। सुरेन्द्र पौडेलको कथा, सम्पादन तथा निर्देशनमा तयार पारिएको यो फिल्ममा समावेश गरिएको ‘मायाका रंगहरु’बोलको गीत सार्वजनिक गरिएको हो।
सार्वजनिक गीत सनुप पौडेल र रचना रिमालले गाएका छन्। गीतमा कालीप्रसाद बाँस्कोटाको शब्द तथा संगीत सुन्न सकिन्छ।
गीतको भिडियोमा फिल्मका दुई शिर्ष कलाकार अदिती वुढाथोकी र धिरज नाडकरको प्रेम देखाउन खोजिएको छ। यी दुई कलाकारका साथमा धिरज मगरले फिल्मको शिर्ष भूमिका निर्वाह गरेका छन्।
फिल्ममा पुष्पलता वुढाथोकी र गणेश वुढाथोकीले लगानी गरेका छन्। सिजन दाहाल, रित बोहरा, किशोर नेपाल र मनोज त्रिपाठीको सयुक्त लेखन रहेको फिल्म छायांकन नरेन्द्र मैनालीले गरेका छन्। फिल्ममा अन्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी रहेको छ।
180
Shares
प्रतिक्रिया