ad ad

कला


‘प्रेमगीत ३’ को टिमलाई चलचित्र विकास बोर्डको सम्मान

खुट्टा तान्न छाडेर सहयोग गर्न सन्तोष सेनको आग्रह
‘प्रेमगीत ३’ को टिमलाई चलचित्र विकास बोर्डको सम्मान

‘प्रेमगीत ३’ टिमलाई सम्मान गर्दै नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी।


नेपालखबर
भदौ १३, २०७९ सोमबार ७:४०, काठमाडौँ

नेपाल चलचित्र विकास बोर्डले ‘प्रेमगीत ३’ टिमलाई सम्मान गरेको छ। आगामी असोज ७ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्मको टिमलाई प्रोत्साहनका लागि सम्मान गरिएको बोर्ड अध्यक्ष भुवन केसीले बताए। 

केसीले भगवान बुद्धको मूर्ति प्रदान गर्दै पिल्म युनिटको सम्मान गरेका हुन्।

सम्मान कार्यक्रममा भुवनले आफूले सधैं विदेशी बजारमा नेपाली फिल्म लैजाने सपना देखेको बताए।

उनले भने ‘आज प्रेमगीत ३ ले यसको सुरुवात गरेको छ। यसैले, विकास बोर्ड योफिल्म टिमसँग हरेक समय सधैं रहेको जानकारी दिन चाहान्छु।  बोर्डले गर्नुपर्ने हरेक प्रकारको सहयोग गर्न हामी तयार छौं ।’

भुवनले विश्व बजारमा रिलिज हुन लागेको ‘प्रेमगीत ३’ले नेपाली कला, संस्कृति, भाषाको संरक्षण र प्रवर्द्धनका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले निर्माता समेत रहेका निर्देशक सन्तोष सेन, नायक प्रदीप खड्कालगायत फिल्म टिमकै खुलेर प्रशंसासमेत गरे। भारतमा हिन्दीमा डब भएर रिलिज हुन लागेको यो फिल्मले नेपालको पर्यटन क्षेत्रको विकासमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने बोर्ड अध्यक्ष केसीले बताए।

फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेनले बोर्डको सम्मानले झनै हौसला मिलेको बताए। उनले भने ‘भारतमा फिल्म चल्ला/नचल्ला थाहा छैन। तर आज भारतका चर्चित ट्रेड, युट्युब च्यानलहरुले यहाँको सुन्दरताको बारेमा बयान त गरेका छन्। यसले नेपालको प्रचारमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।’

धेरैले अहिले पनि आफ्नो कामको आलोचना गरिरहेको बताउँदै सेनले खुट्टा तान्न भन्दा पनि सहयोग गर्न आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .