कला


जुनियर एनटीआर बन्न सक्छन् तेलगंनाका मुख्यमन्त्री

जुनियर एनटीआर बन्न सक्छन् तेलगंनाका मुख्यमन्त्री

नेपालखबर
भदौ ६, २०७९ सोमबार ११:३६, काठमाडौँ

भारतीय जनता पार्टीका नेता एवम् केन्द्रीय गृहमन्त्री अमित शाहलाई आइतवार भेटेपछि तेलुगु सुपरस्टार जुनियर एनटीआरलाई तेलंगनाको भावी मुख्यमन्त्रीका रुपमा हेर्न थालिएको छ। 

स्वयम् अमित शाहले एनटीआरसँगको भेटको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। 

'तेलुगु सिनेमाका रत्न तथा प्रतिभाशाली अभिनेता जुनियरसँग हैदराबादमा एकदमै राम्रो भेटघाट र संवाद भएको छ', उनले भनेका छन्। 

आरआरआरका भीमा अर्थात जुनियर एनटीआरले पनि अमित शाहसँग भेटपछि तस्बिर सार्वजनिक गरेका छन्। 'तपाईंसँग (अमित शाह) को भेट धेरै सुखद रह्यो। राम्रो कुराकानी पनि भएको छ। तपाईंका मिठा शब्दाका लागि आभारी छु', उनले भनेका छन्। 

जुनियर एनटीआरसँग अमित शाहको भेटलाई लिएर मानिसहरुले फरक फरक कोणबाट चर्चा गरिरहेका छन्। जसमा एउटा त उनी अभिनित फिल्म आरआरसँग जोडिएको प्रसंग हो। जसमा उनले आदिवासी नेता भीमको भूमिका निर्वाह गरेका थिए। 

भारतीय जनता पार्टीको सेड्युल ट्राइभ मोर्चाले यस तथ्यलाई लिएर एक ट्विट पनि गरेको छ। भाजपाको एसटी मोर्चाले यस भेटको तस्बिर सेयर गर्दै केन्द्रीय गृहमन्त्री अमित शाहले सुपरस्टार जुनियर एनटीआरसँगको भेटमा उनको रिलिज भएको पछिल्लो फिल्म आरआरआरमा महान आदिवासी नेता कोमरम भीमको भूमिकाबारे पनि कुरा भएको छ। 

अहिले उत्तर भारतमा भाजपा लोकप्रियताको उच्च शिखरमा छ। अब भाजपा यसलाई दक्षिण भारतमा पनि कायम राख्ने कोशिश गरिरहेको छ। भाजपा अब दक्षिण भारतमा उत्तरको लोकप्रियता हाँसिल गर्ने दाउमा जुटेको हो। यसैक्रममा भाजपाको सारा ध्यान अहिले केबल 'अपरेशन-तेलङ्गाना' मा केन्द्रित छ।

राज्यमा सन् २०२३ सालमा विधानसभा चुनाव हुँदैछ। यस्तोमा मानिसहरु जुनियर एनटीआरसँगको भेटवार्तालाई लिएर अनेक राजनीतिक अड्कलबाजी गरिरहेका छन्।

एकजना ट्विटर प्रयोगकर्ता डा. उज्जवल कुमारले ट्विट गर्दै केन्द्रीय गृहम्नत्री अमित शाहले तेलङ्गानामा भाजपाको तर्फबाट मुख्यमन्त्री पदका उम्मेदवारसँग भेट गरेको व्याख्या गरेका छन्। अर्का प्रयोगकर्ता अनिल शाहले जुनियर एनटीआरलाई तेलङ्गानाका भावी मुख्यमन्त्री नै भनेर चर्चा गरिदिएका छन्। 

अमित शाहसँगको भेटलाई अर्थपूर्ण भन्दै सर्वसाधारणले जुनियर एनटीआर भाजपाबाट राजनीतिमा आएर मुख्यमन्त्री हुन सक्ने लख काटेका छन्। 

जुनियर एनटीआरले सन् २००९ को आमचुनावमा टीडीपीका लागि प्रचार गरेका थिए। तर उनी अहिले राजनीतिबाट परै छन्। सन् २००९ पछि उनी कुनै पनि राजनीतिक कार्यक्रममा देखिएका छैनन्। न त उनले टीडीपीको कुनै बैठकमा भाग लिएका छन् न कुनै नेतासँग फोटो नै सार्वजनिक गरेका छन्। 

उनका पिता नन्दामुरी हरिकृष्णा टीडीपीबाट राज्यसभा सांसद (२००८-२०१३) थिए। उनका हजुरबा पनि आन्ध्र प्रदेशबाट लोकसभा सांसद थिए। 

एकातर्फ केही मानिस अमित शाह र जुनियर एनटीआरको वार्तालाई राजनीतिक चस्माबाट देखिरहेका छन् भने अरु केही मानिस बलिउड भर्सेज दक्षिण भारतीय सिनेमाको नजरबाट पनि व्याख्या गरिरहेका छन्। 

केही समययता लगातार बलिउड फिल्मको तुलनामा दक्षिणका सिनेमाले बजार पिटिरहेका छन्। दक्षिणका फिल्मले उत्तर भारतमा पनि सफलता पाइरहेका छन्। यसैले यस्तो तुलना अझै बढेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad