ad ad

कला


चलचित्र सायरामा आर्यन अनुबन्धित

चलचित्र सायरामा आर्यन अनुबन्धित

नेपालखबर
साउन २३, २०७९ सोमबार ११:५३, काठमाडौँ

अभिनेता आर्यन सिग्देल नयाँ फिल्ममा अनुबन्धित भएका छन्।

नेपाली फिल्ममा अभिनय गर्न सक्ने चकलेटी लुक्स भएका आर्यनले अभिनय गर्न लागेको नयाँ फिल्म हो , ‘सायरा’। उनले आइतबार मात्र निर्माण कम्पनि डि.बि.आर. मिडिया एण्ड मुभिज प्रा.ली सँग फिल्म गर्ने लिखित सम्झौता गरेका हुन्।

रघु परियार प्रस्तुतकर्ता रहेको फिल्म सोसल ड्रामा र लभ स्टोरीमा तयार हुनेछ। पछिल्लो समय पर्दामा नदेखिएका आर्यन फिल्मको विषयवस्तुले आकर्षित भएका हुन्। 

उनले सुहाउँदो क्यारेक्टर पाएपछि फिल्म गर्ने सम्झौता गरेका हुन्। आउँदो असोजबाट छायांकन गर्ने तयारीमा रहेको फिल्म ‘सायरा’ को ९० प्रतिशत छायांकन अष्ट्रेलिया र १० प्रतिशत नेपालमा हुनेछ। फिल्मका प्रस्तुत कर्ता रघुले दसैँ र तिहारमा छायाँकनको तयारी भइरहेको बताए।

‘फिल्ममा सोसल ड्रामासँगै प्रेम कथा देखाइने छ। हाम्रो भूमिकालाई सुहाउँदो भएकाले आर्यनजीलाई अनुबन्धित गरेका हौँ। उहाँ पनि भूमिकालाई लिएर उत्साहित हुनुहुन्छ’ रघुले भने।
 

उनले फिल्मको अन्य कास्ट एण्ड क्रिउको बारेमा केहि समयमै जानकारी दिने बताए। फिल्ममा कथा उनकै रहेको छ। निर्देशन भने उनले भारतीय रहने बताए। ‘हामीले लाइन–अप पुरा भएपछि पूर्ण रुपमा जानकारी दिने छौँ। निर्देशक बलिउडमा काम गरिरहेका भारतीय नै हुनेछन्। उहाँलाई अनुबन्धित गरेपछि जानकारी गराउने छौँ’ प्रस्तुतकर्ता रघुले बताए।
 
उनले फिल्मको कथावस्तु अनुसार नै डायस्पोरामा छायांकन गर्न लागिएको बताए। फिल्मको अधिकाँस छायांकन अष्ट्रेलियाको सिड्नीमा हुनेछ भने केहि प्रतिशत मेलवर्नमा समेत गरिने उनले जनाए।

पर्दामा लभ स्टोरीलाई जीवन्त बनाउन माहिर मानिने आर्यनले केहि समय अगाडी निर्माण तथा अभिनय गरेको फिल्म ‘कायारा’ झैँ सुनिने उस्तै नाम भएको ‘सायरा’ मा काम गर्ने तयारी गर्न लागेका हुन्।

केही फिल्मको तयारीमा रहेका आर्यनले यो फिल्म आउँदो दसैँ र तिहारको समयमा छायांकन गर्ने गरी तयारी गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .