ad ad

कला


अनमोलको ग्याङस्टार लुक्स

अनमोलको ग्याङस्टार लुक्स

नेपालखबर
साउन २३, २०७९ सोमबार १०:५३, काठमाडौँ

यतिबेला निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘छड्के २’को वर्कसप चलिरहेको छ। काभ्रे फिल्मसको ब्यानरमा बन्न लागेको यो फिल्मको शिर्ष भूमिकामा नायक अनमोल केसी देखिदैछन्। 

अनमोल अहिले फिल्मको क्यारेक्टरमा डुब्ने प्रयत्नमा वर्कसपमा सहभागी भएका छन्। वर्कसप बाट उनको ग्याङस्टार लुक्स सहितको तस्बिर सार्वजनिक भएको छ। यो फिल्ममा अनमोलका साथमा रविन तामाङ्ग र कमलमणी नेपालले पनि अभिनय गर्नेछन्।
 

निर्माण पक्षले फिल्मकी नायिका भने अहिलेसम्म गोप्य नै राखेको छ। वर्कसपमा सहभागी अनमोलको मृहनत देखेर आफूलाई उर्जा मिलेको निर्देशक श्रेष्ठले बताएका छन्। 

निर्माण पक्षले अनमोलको लुक्स सार्वजनिक गर्दै यो फिल्ममा उनी ग्याङस्टारको भूमिकामा देखिने बताएका छन्। निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्ममा प्रशान्त गिरी र लक्ष्मण काफ्लेको लगानी रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .