गीतका कारण सर्जक शिव हमाल विवादमा परे। उनको शब्द रचना रहेको तीज गीत ‘‘पापाकी परी’ सार्वजनिक भएपछि उनी विवादमा परेका थिए।
गीतको म्युजिक भिडिओमा मोडल करिश्मा ढकाललाई पेटिकोट लगाएर नचाएपछि गीत विवादमा परेको हो।
विवाद चर्किएपछि गीतको दृश्य सम्पादन गरिएको छ।
गीतको केही शब्द पनि हटाइएको छ। सार्वजनिक गीत आशिष अविरलको संगीतमा सुशीला पाठकले गाएकी हुन्।
गीत रिलिज भएकै दिन आलोचना सुरु भएको थियो।
आलोचना बढ्दै गए पनि गायिका सुशीला पाठक गीत नहटाउने जिकिर गरिरहेकी थिइन्। गीतकी मोडल करिश्मा पनि गीत हटाउन नहुने अडानमा थिइन्।
तर शिवले गीतका केही शब्द र दृश्य हटाउन दबाब दिएका थिए।
राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका कार्यसमिति पदाधिकारी समेत रहेका हमालले गीतका कारण आफू लज्जित भएको बताइरहेका थिए।
अन्ततः गीतका केही दृश्य र शब्द सम्पादन गरी पुनः रिलिज गरिएको छ।
Shares
प्रतिक्रिया