नेपाली सांगीतिक क्षेत्रमा सबैले रुचाएको नाम हो– प्रकाश सपुत। नेपाली लोक संगीतको ब्रान्ड बनेका प्रकाश उसैगरी नेपाली फिल्ममा जम्ने प्रयत्नमा छन्।
प्रकाशको डेब्यु फिल्म ‘परदेशी २’ को पहिलो गीत सोमबार सार्वजनिक गरियो। नायकका रूपमा दर्शकमाझ आउने तयारीमा रहेका प्रकाश फिल्मको पहिलो कार्यक्रममा उपस्थित हुँदै गर्दा निकै ‘नर्भस’ थिए।
प्रकाशसँग स्क्रिन रोमान्स गरेकी केकी अधिकारी उनलाई सम्झाउँदै थिइन्, ‘नर्भस नहुनुहोस्, यहाँ पनि सबै आफन्तको माझमा उभिने हो।’
कार्यक्रम यहीह जोडीले अभिनय गरेको गीत ‘के वर मागी फर्क्याै’ सार्वजनिक भयो।
गीत हेरेर प्रकाशलाई सञ्चारकर्मीले प्रश्न गरे ‘तपाईंले शाहरुख खानको डान्स सिग्नेचरको फलो गर्नुभएको हो?
फिल्मको गीत हरेर शाहरुखसँग आफ्नो तुलना भएपछि प्रकाशको खुसी देशको भूगोल नै छिचोलेर पर पुगेको थियो।
डान्स स्टेप कपि भए/नभएकोबारे कोरियोग्राफरलाई सोध्न भन्दै प्रकाशले आफ्नो तुलना शाहरुखसँग हुँदा खुसी लागेको बताए।
आफूलाई फिल्ममा हिरोको रोल सुहाउला/नसुहाउला भन्ने दुविधामा रहेका प्रकाशले शाहरुखसँगको तुलनापछि ठट्यौली शैलीमा भने ‘भनेपछि म हिरोजस्तै देखिएको छु?’
उक्त गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। प्रकाश र केकीको परदेशी २ आगामी असोज १७ बाट प्रदर्शनको तयारी छ। ३ करोड माथिको बजेटमा निर्माण भएको यो फिल्म नारायण रायमाझीले निर्देशन गरेका हुन्।
Shares
प्रतिक्रिया