काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्ट अन्तर्गतको कला र डिजाइन विभागले साेमबारदेखि बबरमहलस्थित कला परिषद्मा छ दिने कलाकृति प्रदर्शनी सुरु गरेको छ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले हिजाे संयुक्तरूपमा उक्त प्रदर्शनीको उद्घाटन गरे।
कार्यक्रममा प्रमुख महर्जनले ललितपुर महानगरपालिका कलाका क्षेत्रमा प्राचीन र प्रसिद्ध सहरका रूपमा रहेको बताए।
उनले भने, 'यस प्रदर्शनीबाट घरमा काम नलाग्ने भनी फालिएका कपडाको समेत कलाकृतिमा प्रयोग गरेको देख्दा कपडाको महत्व हरेक वस्तुमा रहने ज्ञान प्राप्त गरेको छु।'
सो प्रदर्शनीमा कपडा तथा माटा एवं काठबाट बनेका वस्तु देखाउका साथै चित्रकला समेतलाई उजागर गरिएको महर्जनले बताए।
उपकुलपति थापाले सो कलाकृति प्रदर्शनीले विद्यार्थीमा कला तथा चित्र कोर्ने काममा थप प्रेरणा प्रदान गर्ने विश्वास लिएको बताए।
उक्त प्रदर्शनीमा २८ बालबालिकाका कृतिलाई उपस्थित महानुभाव समक्ष देखाइएको थियो।

प्रतिक्रिया