चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गरेका छन्। उनले आजै बिहान बोर्डको कार्यालय पुगेर पदको जिम्मेवारी सम्हालेका हुन्।
केसीलाई बोर्ड कार्यालयमा कर्मचारीले फूल–मालाले स्वागत गरेका थिए।
केसीलाई गत सोमबार मन्त्रिपरिषद् बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो।
केसीको नियुक्तिविरुद्ध सामाजिक सञ्जालमा चर्को आलोचना भैरहेको छ।
याे पनि : भुवन केसीविरुद्ध तात्तिएको सामाजिक सञ्जाल
87
Shares

प्रतिक्रिया