कार्तिककाे पहिलो सातामा प्रदर्शन हुने तयारीमा रहेको नयाँ नेपाली चलचित्र ‘मिलन’को डबिङ सकिएको छ ।
६ महिना अघि छायांकन सकिएको उक्त चलचित्रको डबिङको सम्पूर्ण काम सकिएको निर्माण टिमले बताएकाे छ।
कुशल शाह ठकुरी, सलोन बस्नेत, शिल्पा थापा, शिशिर बाङ्देल, विशाल पहाडी, जानुका पौडेल (प्याकुली) लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्म प्रेम कथामा निर्माण भएको हो।
प्रेम कथामा आधारित चलचित्र ‘मिलन’मा कुशल, सलोन र शिल्पाको त्रिकोणात्मक प्रेम कहानी देख्न पाइने चलचित्रका निर्देशक टेक पौरखी राईले जानकारी दिए।
यसअघि निर्देशक राईले ‘मट्टीमाला’ र ‘माया पिरिम’ चलचित्र निर्देशन गरिसकेका छन्। चलचित्रमा लेखन पनि निर्देशक राईकै रहेको छ।
चलचित्रका मुख्य अभिनेता ‘चकलेटी लभर ब्वाय’ कुशल शाह ठकुरीले यसै चलचित्रबाट डेब्यु गर्दैछन्।
यस्तै अभिनेत्री शिल्पा थापाको पनि यो पहिलो चलचित्र हो। शिल्पा टिकटकमा स्टार समेत हुन्। उनको टिकटक र इन्स्टाग्राममा लाखौं ‘फ्लोवर्स’ छन्।
तीनवटा गीत समावेश चलचित्रमा कबिराज गहतराजको कोरियोग्राफि रहेको छ भने प्रताप दास, कौसल खड्का, कृष्ण केसी, प्रविशा अधिकारी, अस्मिता अधिकारी र बबिना किँरातीको स्वर रहेको छ।
काठमाडौँ र कालिन्चोकमा छायांकन गरिएको यो चलचित्रको निर्माता प्रविन थापा हुन्। राहुल राईको छायांकन रहेको चलचित्रमा तारा किम्बे थापाको सम्पादन रहेको छ।
चलचित्रको पोस्टप्रोडक्सनको काम क्लासिक सिनेमाले गरेको छ।
Shares
प्रतिक्रिया