कला


नेपाल आउँदै अर्थर गन

नेपाल आउँदै अर्थर गन

नेपालखबर
असार १८ , काठमाडौँ

अमेरिकन आइडलको फाइनलमा पुगेर चर्चामा आएका दिवस पोख्रेल उर्फ अर्थर गन नेपाल आउने भएका छन्।

उनले नेपालका सात ठूला शहरमा सांगीतिक कन्सर्ट गर्ने छन्। 

पहिलो पटक नेपाल आउन लागेका अर्थर गन सन २०२० को अमेरिकन आइडलमा ‘फस्ट रनरअप’ भएका थिए। भदौमा नेपाल आउने अर्थरको नेपाल कन्सर्टको सम्पूर्ण जिम्मा ब्रेनसर्भिसले लिएको छ। 

काठमाडौं, पोखरा, नेपालगञ्ज, भैरहवा, चितवन, इटहरी र काँकडभिट्टामा च्यारिटीको शैलीमा कन्सर्ट गर्ने तयारी भइरहेको आयोजक ब्रेनसर्भिसका संथापक रिशम महर्जनले जानकारी दिए। 

नेपाल पर्यटन बोर्डसँग मिलेर च्यारिटीसहित सद्भावना कन्सर्टको रुपमा अघि बढाउने लागिएको हो।

असार १८, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.