ad ad

कला


‘सपनाको प्रोजेक्ट’का लागि पूजाले रोजिन् अनमोल

‘सपनाको प्रोजेक्ट’का लागि पूजाले रोजिन् अनमोल

नेपालखबर
असार १८, २०७९ शनिबार ८:११, काठमाडौँ

नायिका पूजा शर्माले नायक अनमोल केसीलाई  आफ्नो होम प्रोडक्सनमा भित्र्याएकी छिन्। पूजाले आफ्नो होम प्रोडक्सनमार्फत निर्माण गर्न लागेको पहिलो फिल्ममा अनमोल अनुबन्धित भएका हुन्। हरेक फिल्ममा नयाँ नायिकासँग रोमान्स गर्ने अनमोलले यसपटक पूजासँग जोडी बाँध्नेछन्। 

अनमोलले पूजासँग स्क्रिन शेयर गर्ने गरी औपचारिक सम्झौता गरेका छन्। फिल्मको स्क्रिप्ट पढेपछि पूजासँग काम गर्न अनमोल राजी भएका हुन्। पूजाको यो फिल्म सुदर्शन थापाले निर्देशन गर्ने छन्। 

पूजा र सुदर्शनले यसअघि पनि अनमोलसँग सहकार्यका लागि प्रयत्न गरेका थिए। तर त्यो प्रयत्न सफल हुन सकेको थिएन।

पूजा, अनमोल र सुदर्शनको सहकार्य यसपटक जुरेको छ। फिल्म उद्योगमा सफल मानिएका सुदर्शन, पुजा र अनमोलको त्रीवेणीले फिल्म उद्योगमा नयाँ इतिहास रच्ने भन्दै फिल्मकर्मी उत्साहित छन्। 

पूजाले यो फिल्मलाई आफ्नो सपनाको प्रोजेक्ट भनेकी छिन्। अनमोलसँगको औपचारिक सम्झौतापछि पूजा भन्छिन् ‘मलाई हरेक समयमा साथ दिने मेरो गुरु निर्देशक सुदर्शन थापाको काँधमा नयाँ चलचित्र सम्हाल्ने जिम्मेवारी सुम्पिँदै यसपटक दर्शकमाझ निर्मात्रीको रुपमा प्रस्तुत हुँदै छु।  मेरो यो सपनाको प्रोजेक्ट हो। मेरो सपनाको प्रोजेक्टमा जोडिन आइपुगेका प्रिय नायक अनमोल केसीको साथले झनै उत्साह मिलेको छ। अनमोल र मैले केही चलचित्रमा एकसाथ काम गर्ने जमर्को यस अगाडि नगरेका होइनौं। तर, समय नआई कुनै पनि कुरा नहुनेरहेछ। अब भने समयले अनमोल र मलाई एउटै चलचित्रमा जोडिदिएको छ। अनमोलले मेरो निर्माणमा गरेको विश्वासप्रति आभारी छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .