ad ad

कला


को बन्ला चलचित्र विकास बोर्डको अध्यक्ष?

शक्तिकेन्द्र धाउँदै चलचित्रकर्मी
को बन्ला चलचित्र विकास बोर्डको अध्यक्ष?

नेपालखबर
असार १२, २०७९ आइतबार ७:५५, काठमाडौँ

सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन मागेको छ। योसँगै बोर्ड अध्यक्ष बन्न कलाकारहरूको दौडधुप सुरु भएको छ। १२ जनाभन्दा बढी चलचित्रकर्मी अध्यक्ष बन्ने लबिङमा लागेका छन्। 

यसपटक अभिनेता भुवन केसीदेखि निर्देशक सम्झना रौनियार उप्रेतीसम्म अध्यक्ष बन्ने दौडमा देखिएका छन्। नरेश पौडेल, मनिष पण्डित, सुचित्रा श्रेष्ठ, अरुण प्रधान पनि देखिनेगरी बोर्ड अध्यक्ष बन्न लबिङ गरिरहेका छन्। 

बोर्डको अध्यक्ष पदका आकांक्षीहरूले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानमन्त्रीकी पत्नी आरजु राणा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहितका शक्तिकेन्द्र धाइरहेका छन्। गुपचुप रुपमा अध्यक्षको लबिङ गर्ने कलाकार पनि थुप्रै रहेको बुझिएको छ।

हालै मात्रे सत्तारुढ दल नेपाली कांग्रेस प्रवेश गरेका भुवन केसीले भित्री रुपमा मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई भेटेर अध्यक्षका लागि लबिङ गरिएको बताइन्छ। भुवन घुमाउरो शैलीमा पार्टीले दिएको जुनसुकै जिम्मेवारीबाट पछि नहट्ने उनले बताउने गरेका छन्। 

चलचित्र विकास बोर्डको अध्यक्ष बन्ने सर्तमै भुवनले पार्टी प्रवेश गरेको पनि चलचित्रकर्मीहरूले बताउने गरेका छन्। 

निर्देशक सम्झना रौनियार उप्रेतीले सार्वजनिक रूपमै आफू अध्यक्ष बन्ने लबिङमा रहेको बताएकी छन्।

गत जेठ २३ गते दयाराम दाहालको अध्यक्ष पदको कार्यकाल सकिएपछि मन्त्रालयले १५ दिने सूचना दिएर पदपूर्तिका लागि आवेदन आह्वान गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .