ad ad

कला


'माइकल अधिकारी'को पोष्टर : तुलोमा सृष्टि

'माइकल अधिकारी'को पोष्टर : तुलोमा सृष्टि

नेपालखबर
असार १०, २०७९ शुक्रबार १३:३७, काठमाडौँ

नेपाली कथानक चलचित्र ‘माइकल अधिकारी’को पोष्टर सार्वजनिक भएको छ।

यो फिल्ममा ‘सेरोगेसी’ अर्थात कोख भाडामा लिएर बच्चा जन्माउने दम्पतीको कथा समेटिएको छ।

दम्पतीका रुपमा सौगात मल्ल र सृष्टि श्रेष्ठ देखिएका छन्।

सार्वजनिक पोष्टरमा यी दुई कलाकारलाई समेटिएको छ। राप्रपा नेता समेत रहेका उद्धव पौडेलले निर्माण गरेको ‘माइकल अधिकारी’ आगामी भदौ ३ बाट लिरिजको तयारीमा छ। 

रञ्जित रौनियारले निर्देशन गरेको यो फिल्ममा सौगात र सृष्टिलाई विपन्न दम्पतीका रुपमा प्रस्तुत गरिएको छ।  

सार्वजनिक पोष्टरमा  सौगातले बोकेको खर्पनमा एकातिर सृष्टि र बच्चा देखिएका छन्, अर्कोतिर पैसाको चित्रण गरिएको छ। 

फिल्मले आर्थिक अभावले कसरी मातृवात्सल्यतालाई पनि बिक्री गर्न बाध्य बनाउँछ भन्ने कथा पेस गरेको छ।

यो फिल्ममा सौगात र सृष्टिका साथमा आशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलीप बोहराले पनि अभिनय गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .