त्रिभुवन विमानस्थलमा आन्तरिक टर्मिनल भवनको शिलान्यास भएको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले शिलान्यास गरेका हुन्।
मन्त्री आलेले हालको आन्तरिक टर्मिनल भवनको दायाँपट्टि नयाँ आवागमन टर्मिनल भवनको शिलान्यास गरेका छन्। हाल एउटै टर्मिनल भवनबाट प्रस्थान र आवागमन हुँदै आएको छ।
त्यसबाहेक आन्तरिक टर्मिनल भवनको विस्तारित प्रस्थान कक्षको पनि उद्घाटन गरेका छन्।

त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल गौचरण हाताभित्र बुटिक अवधारणाअनुसार नवनिर्मित वाटर फाउन्टेनको पनि उद्घाटन गरेका छन्। वाटर फाउन्टेन नेपाली कला झल्किने गरी निर्माण गरिएको छ।
चार दिशामा करुवा र बाहिरपट्टि ढुंगेधाराबाट पानी झर्ने व्यवस्था मिलाइएको छ।

63
Shares

प्रतिक्रिया