कला


पलसँग विवाह गर्ने उषाको चाहना

पलसँग विवाह गर्ने उषाको चाहना

नेपालखबर
जेठ २७, २०७९ शुक्रबार १४:१४, काठमाडौँ

नेपाली फिल्म उद्योगका चकलेटी नायक एक समय धेरै युवतीको ‘ड्रिमब्वाई’ थिए। फिल्म उद्योगभित्र र बाहिरका थुप्रै युवती उनीसँग विवाह गर्न चाहन्थे। उनलाई एक झलक हेर्नकै लागि सुटिङ स्थलमा युवतीको लाइन लाग्थ्यो। 

तर अहिले समय अर्कै भइसकेको छ। पल एक नाबालिग गायिकालाई करणी गरेको अभियोगमा थुनामा छन्।

उनी विरुद्धको मुद्दा विचाराधीन छ। पलकै सपना देख्ने धेरै युवतीहरुले पललाई बिर्सिन थालिसके। कतिपयले उनलाई लिएर बनाएका धारणा परिवर्तन गरिसके। यही समय टिकटक स्टार उषा उप्रेती भने पलसँग विवाह गर्ने चाहना अभिव्यक्त गरिरहेकी छिन्। 

टिकटकबाट उदाएकी उषा अहिले चल्तीकी मोडल भइसकिन्। उषा अभिनित भिडिओ हिट भएका कारण पनि उनलाई कामको दुःख छैन।

उषाले केही म्युजिक भिडियोमा पल शाहसँग पनि स्क्रिन शेयर गरेकी थिइन्। उनले आकाश श्रेष्ठ, पुष्प खड्का लगायतका अहिलेका हिट अभिनेतासँग स्क्रिन शेयर गरिसकेकी छिन्।

आफूले काम गरेका कलाकार मध्ये उषाले विवाहका लागि पललाई छानेकी छिन्। 

एक अन्तर्वार्ताका क्रममा उनले उषाले विवाहका लागि आफूले काम गरेका अभिनेता मध्येबाट पललाई छानेकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad