कला


अनमोलसँग जोडी बाँध्न भुवनलाई नीतिको म्यासेज

अनमोलसँग जोडी बाँध्न भुवनलाई नीतिको म्यासेज

नेपालखबर
जेठ २४, २०७९ मंगलबार ७:४३, काठमाडौँ

नीति शाहले नेपाली मनोरञ्जन क्षेत्रमा एक दशक समय गुजारिन्। 

यो एक दशकको समयमा उनले म्युजिक भिडिओदेखि विभिन्न विज्ञापनमा काम गरिन्। अब भने नीतिले फिल्ममा अभिनय गर्ने सोच बनाएकी छिन्। 

फिल्ममा करियर बनाउँने सपनासहित नीतिले निजी व्यवस्थापक नियुक्त गरेकी छिन्। उनी राम्रो स्क्रिप्ट लेखकको खोजीमा छिन्। राम्रो फिल्मका सँगै स्टार कलाकारका साथमा फिल्ममा डेब्यु गर्ने नीतिको तयारी छ। 

उनी सकेसम्म अनमोल केसीसँग ‘स्क्रिन शेयर’ गर्दै पर्दामा देखिने सोचमा छिन्। अनमोलसँग फिल्म खेल्नका लागि नीतिले उनका बुवा भुवन केसीलाई सन्देश पठाएकी छिन्। 

नीति अनमोलकी स्कुलकी सहपाठी समेत भएकाले पनि अनमोलले उनको अफर स्वीकार गर्ने बुझिएको छ। 

अनमोलले यो प्रस्ताव अस्वीकार गरेको खण्डमा नीतिले प्रदीप खड्कासँग पर्दा शेयर गर्ने सोच बनाएकी छिन्। प्रदीपसँग नीतिले केहि विज्ञापनमा सँगै काम गरिसकेकी छिन्। 

पूर्वमिस इन्टरनेसनल प्रतियोगिता समेत जितेकी नीति फिल्मी करिअर सुरु गर्न गम्भिर देखिएको नीतिका व्यवस्थापक निराजन गिरीले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad