कला


‘कबड्डी’ सिरिज सकिएसँगै बन्ने भयो ‘मिस्टर बमकाजी’

‘कबड्डी’ सिरिज सकिएसँगै बन्ने भयो ‘मिस्टर बमकाजी’

नेपालखबर
जेठ १५, २०७९ आइतबार १५:३१, काठमाडौँ

गत शुक्रबारबाट रिलिज भएको ‘कबड्डी’को चौथो सिरिजले हलमा धमाका गरिरहेको छ। प्रदर्शनको पहिलो दिनबाट राम्रो ग्रस कलेक्सन गरिरहेको यो चलचित्रलाई ‘कबड्डी’को अन्तिम सिरिज भनिएको छ।

रामबाबु गुरुङको निर्देशनमा बनेका ‘कबड्डी’ चारवटै सिरिज विरकाजीको बिहेको वरिपरी घुमेको छ। अब भने ‘मास्टर बमकाजी’ नामको चलचित्र निर्माण हुने भएको छ। उक्त चलचित्रमा बमकाजीकै विहेको प्रसंग देखाइने निर्देशक गुरुङले बताए।

‘कबड्डी’को सिरिज सकिएसँग ‘मास्टर बमकाजी’ निर्माण हुने सक्ने संकेत दर्शकले पाउँछन्। निर्देशकले नयाँ नामको अर्को चलचित्र सहित पुनः भेट्न आउँने वाचा गरेका छन्। ‘कबड्डी’ को यो सिरिजमा बमकाजीलाई महत्वपूर्ण पात्रका रुपमा प्रस्तुत गरिएको छ।

नयाँ बन्ने फिल्ममा सौगात मल्ल शिर्ष भूमिकामा रहने छन्। ‘मिस्टर बमकाजी’ दयाहाङ राई भने नदेखिने भएका छन्। तर फिल्मको कुनै बिन्दुमा पुगेर बमकाजी र विरकाजीको भेट भएको देखाउने गरी रामबाबु कथा बुनिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad