कला


बक्स अफिसमा कबड्डी ४ को नयाँ कीर्तिमान

बक्स अफिसमा कबड्डी ४ को नयाँ कीर्तिमान

नेपालखबर
जेठ १५, २०७९ आइतबार ७:२, काठमाडौँ

लामो समयदेखि सुख्खा लागेका नेपाली फिल्म हल हराभरा भएका छन्।

चलचित्र ‘ए मेरो हजुर ३’ पछि हलमा लागेका कुनैपनि सिनेमाले दर्शक हलमा तान्न सकेका थिएनन्। गत शुक्रबारबाट ‘कबड्डी ४’ हलमा लागेसँगै यसले आक्रामक व्यापार गरिरहेको छ। यो चलचित्रले मल्टिप्लेक्समा अहिलेसम्मकै उच्च शो पाएको छ। 

‘कबड्डी’को चौथो सिरिजले प्रदर्शनको दोस्रो दिन नै बक्स अफिसमा नयाँ रेकर्ड कायम गरेको छ।

देशभरका डेढ सय हलबाट एकसाथ रिलिज भएको फिल्मले प्रदर्शनको पहिलो दिननै २ करोड ९० लाख ग्रस कलेक्सन गरेको छ। यो नेपाली फिल्म उद्योगमा नेपाली फिल्मले कायम गरेको नयाँ रेकर्ड हो। यसअघि दीपकराज गिरीको ‘छक्कापञ्जा २’ले रिलिजको पहिलो दिन १ करोड ८० लाख ग्रस कलेक्सन गरेको थियो। 

मणिराम पोखरेलले निर्माण गरेको यो चलचित्रले प्रदर्शनको दोस्रो दिन पनि राम्रो कमाइ गरेको छ। शनिबार पनि सबैजसो हल हाउसफुल भएका थिए। 

प्रदर्शनअघि नै लगानी सुनिश्चित गरेको यो चलचित्रले विदेशबाट मात्रै २ करोड रुपैयाँ कमाइ गरेको छ। आइतबारसम्मको टिकट बुकिङलाई हेर्दा चलचित्र ‘कबड्डी ४’ ले ३ दिनमै ६ करोड माथि व्यापार गर्ने अनुमान गरिएको छ। 

रामबाबु गुरुङको निर्देशनमा बनेको यो चलचित्र दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल लगायतका कलाकारले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन्। दर्शक र समीक्षकको औसत प्रतिकृया पाए पनि यो चलचित्रले थुप्रै रेकर्ड बनाउने सम्भावना देखाएको छ। 

चलचित्र प्रदर्शनको पहिलो दिननै पाइरेसीको सिकार भएपछि यसका निर्माता/निर्देशक तनावमा परेका थिए। चलचित्रका मुख्य भाग हलबाटै दर्शकले खिचेर टिकटकमा राखेका थिए। त्यसपछि फेसबुक लगायत सामाजिक सञ्जालमा चलचित्रको क्लिप भाइरल भएका थिए। तर पहिलो दिनको पाइरेसीले हलमा दर्शकको चाप भने घटेको छैन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad