ad ad

कला


कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा सुरक्षा

कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा सुरक्षा

नेपालखबर
जेठ ५, २०७९ बिहिबार १६:२६, काठमाडौँ

फ्रान्समा जारी ‘कान्स फिल्म फेस्टिभल’मा भाग लिन अभिनेत्री सुरक्षा पन्त पुगेकी छिन्। फ्रान्स पुगेकी सुरक्षा उक्त फेस्टिभलको रेड कार्पेटमा सहभागी भएकी छिन्। 

सन् २०१७ मा अभिनेत्री प्रियंका कार्की पनि कान्स फिल्म फेस्टिभलमा सहभागी भएकी थिइन्। तर उनले रेडकार्पेटमा हिड्न अवसर भने पाएकी थिइनन्। 

अभिनेत्री सुरक्षा पन्तले भने कान्सको रेड कार्पेटमा ‘वाक’ गर्ने अवसर पाएकी छन्। आफू अभिनीत इटाली र बेल्जियम भाषाको चलचित्र ‘द एइट् माउन्टेन्स’को प्रिमियरमा सहभागी हुने क्रममा उनी बुधवार कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा हिँडेकी हुन्। 

विदेशी कलाकारसँगै रेड कार्पेटमा सहभागी भएकी सुरक्षा रातै पहिरनमा छिन्। कान्सको रेड कार्पेटमा हिँड्ने पहिलो कलार हुन् सुरक्षा। सुरक्षाले सामाजिक सञ्जाल मार्फत रेड कार्पेटमा हिँड्दाको अनुभव शेयर गरेकी छिन्।

उनले लेखेकी छिन् ‘रेड कार्पेटमा हिँड्नु एक वास्तविक पल जस्तै थियो। चलचित्र र कथाकारहरुको सबैभन्दा ठूलो माहोललाई देख्न पाएको अवसर म जीवनभर संगालेर राख्नेछु।’

‘द एइट् माउन्टेन्स’ कान्समा प्रिमियरका लागि छनोट भएपछि सुरक्षा जेठ ३ गते फ्रान्स उडेकी थिइन्। सुरक्षाले अभिनय गरेको पहिलो अन्र्तराष्ट्रिय फिल्म हो यो। फिल्म इटालीसँगै नेपालमा मनाङमा छायांकन भएको थियो।

फेलिक्स भान ग्रोनिनगेन र चार्लाट्टी भन्डरमिर्सले संयुक्त रुपमा निर्देशन गरेको यो फिल्म कान्समा आजै प्रिमियर शो गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .