कला


मिस नेपालको दौडमा १९६ सुन्दरी

मिस नेपालको दौडमा १९६ सुन्दरी

नेपालखबर
जेठ ४, २०७९ बुधबार ९:५५, काठमाडौँ

यस वर्षको मिस नेपाल प्रतियोगितामा १ सय ९६ जना सुन्दरीले सहभागिता जनाउने भएका छन्।

अघिल्ला वर्षभन्दा यो वर्ष मिस नेपालमा युवतीको क्रेज बढ्दो देखिएको छ। यस वर्ष देशभरबाट मिस नेपाल प्रतियोगितामा भाग लिन ८ सय युवतीले आवेदन दिएका आयोजक संस्था द हिडन ट्रेजरले जनाएको छ। 

अन्तिम अडिसनमा २ सय युवती सहभागी भएका थिए। जसमध्ये १ सय ९६ जना युवती अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका हुन्। यो वर्ष पहिलो पटक कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि अडिसन भएको आयोजक संस्थाले जनाएको छ। बाँकी ६ प्रदेशका मुख्य शहरमा भने यसअघिका वर्षमै अडिसन भएका थिए। 

पछिल्लो समय मिस नेपालप्रति बढेको क्रेजलाई लिएर आयोजक संस्थाले खुशी व्यक्त गरेको छ। आयोजक संस्थाका प्रमुख दिवाकर राजकर्णीकार भन्छन्, ‘मिस नेपालमा पछिल्लो समय देखिएको यो क्रेजप्रति हामी खुशी छौं। मापदण्डमा हामी केही लचिलो देखिएपछि भाग लिन इच्छुक युवतीको संख्या बढेको छ ।’

कोरियोग्राफर रचना गुरुङ शर्मा, पूर्वमिस नेपाल इभाना मानन्धर लगायतले काठमाडौंमा अडिसन लिएका थिए। यसपटक उमेर र उचाइको मापदण्डमा आयोजक संस्था लचिलो भएपछि प्रतियोगितामा युवतीको क्रेज बढ्दाे देखिएको हो। 

अन्तिम प्रतिस्पर्धाका लागि छानिएका १९६ युवतीले आगामी शुक्रबारबाट अभिमुखीकरण तालिममा सहभागिता जनाउने छन्। आगामी असार ५ गते ललितपुरको गोदावरीस्थित ‘सनराइज कन्भेसन सेन्टर’मा मिस नेपालको ग्रान्ड फिनाली हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad