ad ad

कला


‘बालेन शाह यथास्थिति भत्काउने एउटा राँको’

‘बालेन शाह यथास्थिति भत्काउने एउटा राँको’

नेपालखबर
बैशाख ३१, २०७९ शनिबार १५:५, काठमाडौँ

काठमाडौं महानगरको सुरुवाती मतगणनामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले अग्रता लिएका छन्।

र्‍यापर बालेन शाहले उम्मेदवारी घोषणा गरेदेखि नै कलाकारको ठूलो जमात उनको पक्षमा देखिएको थियो। 

शाहले काठमाडौं महानगरको उम्मेदवारी दर्ता गराएपछि केहि कलाकार खुलेरै उनको पक्षमा भोट माग्दै घरदैलो कार्यक्रममा सहभागी भए। बालेको पक्षमा नयाँ पुस्ताका अभिनेत्रीदेखि पुराना पुस्ताका निर्माता समेत खुलेर सामाजिक सञ्जालमा देखिएका थिए। 

महानगरको सुरुवाती मतगणनामै शाहले आफ्नो अग्रता कायम गरेपछि उनका समर्थकहरु खुशी मनाइरहेका छन्।

मत गणना सुरु हुनु अगावै उनका समर्थकले उनको जित पक्का भनेर सामाजिक सञ्जालमा लेखिरहेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा मतगणना सुरु हुनुअगावै बाबु त्रिपाठीले लेखेका छन् ‘काठमाडौँमा ५२ प्रतिशतमात्रै मत खसेको हो भने बालेन शाहले जित्ने पक्का छ। बढी प्रतिशत मत खसेको भएचैँ बालेन हार्थे। उपमेयरमाचैँ एमालेकी सुनिता डंगोल पक्का। सुनिताको प्रतिद्वन्द्वी नै भएन।’

उनले मत गणना सुरु भएपछि पनि मत अपडेट गरिरहेका छन्।  

युवा पुस्ताका सामाजिक सञ्जाल प्रयोगकर्ताले यो चुनावमा बालेन शाहले मेयर जितेको खण्डमा अब आउने चुनावमा स्वतन्त्र बिरुद्ध राजनीतिक दलको गठबन्धन बन्ने बताउन थालेका छन्। सञ्जाल प्रयोगकर्ताले ४१ वर्ष पछि फेरी एकपटक काठमाडौंका जनताले दलहरुलाई चुनौती दिएको उल्लेख गरेका छन्।  

ट्विटरमा राधिका सुवेदी लेख्छिन् ‘बालेन एक बिम्ब हो। भेडा जनता बीचको एक आन्दोलन हो। एउटा विद्रोह हो,  यथास्थिति भत्काउने एउटा राँको हो।  निष्पट्ट कालो रातको एक झिल्को बत्ति हो। परिवर्तनको सुरुवात हो। ती मसिना आवाजहरुको चर्को ध्वनी हो। हामीले लेख्न र देख्न चाहेको एक इतिहास हो। बालेन हाम्रो प्रतिबिम्ब हो।’

काठमाडौं महानगरको मत गणना संख्या बढ्दै जाँदा बालेन ठूलो मतान्तरले अगाडी देखिएका छन्।

बालेनको मत बढ्न थालेपछि सामाजिक सञ्जाल ट्विटरमा सुसिल पौडेल लेख्छन् ‘यसपाली केशव स्थापित वा प्रकाशमानले मतपत्र चपाउलान्। होस गर्नुहोस्।’

कलाकार दीपकराज गिरीले पनि काठमाडौंको प्रारम्भिक मत परिणाम हरेर प्रतिकृया जनाएका छन्। उनी लेख्छन् ‘ प्रारम्भिक परिणाम हेर्दा काठमाडौं महानगरपालिकामा एमाले र कंग्रेस मिलेर चुनाव लडेको भए बालेनलाई हराउन सक्ने रहेछन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .