कला


‘नम्बर वान’ स्थान खोज्दै प्रियंका

‘नम्बर वान’ स्थान खोज्दै प्रियंका

नेपालखबर
बैशाख २६, २०७९ सोमबार ११:५८, काठमाडौँ

नेपाली चलचित्र उद्योगमा ‘नम्बर वान’ स्थान बनाएकी अभिनेत्री हुन् प्रियंका कार्की। कोरोना अघिसम्म प्रियंका निक्कै व्यस्त सेड्युलका साथ काम गर्थिन्। उनले थुप्रै हिट चलचित्रमा अभिनय गरिन्।

कोरोना कालमा विवाह गरेकी प्रियंका अहिले आमा भएकी छिन्। गर्भावस्थामा पनि विभिन्न क्रियाकलापको कारण चर्चामा रहेकी प्रियंका छोरी जन्माए पछि भने केही समय गुमनाम जस्तै भइन्। 

अहिले उनले अभिनय गरेको चलचित्र ‘लक्का जवान’ प्रदर्शन भइरहेको छ। कोरोनाअघिनै छायांकन भएको यो चलचित्रले राम्रो व्यापार गर्न नसके पनि कलाकारले प्रचारमा समय भने मनग्य दिएका छन्।

आफ्नो शीर्ष भूमिका रहेका थुप्रै चलचित्रका प्रचारमा समय नदिएकी प्रियंकाले ‘लक्का जवान’लाई भने समय दिन भ्याएकी छिन्। 

यसअघिका केही चलचित्र प्रदर्शनका बेला मिडियाबाट तर्किँदै हिँडेकी प्रियंका यसपटक भने मिडियामैत्री देखिएकी छिन्।  प्रियंकाको पछिल्लो हाउभाउ हेर्दा उनी नम्बर १ कै स्थान खोजिरहेकी भान हुन्छ। पुरानै स्थान खोज्ने क्रममा उनी दर्शक तथा मिडियासँग मित्रवत् देखिएकी बताइन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad