कला


पलको बचाउ गर्दा विवादमा रमेश उप्रेती

पलको बचाउ गर्दा विवादमा रमेश उप्रेती

नेपालखबर
बैशाख २३, २०७९ शुक्रबार ११:४०, काठमाडौँ

बलात्कारको मुद्दामा दिएको अभिव्यक्तिका कारण अभिनेता रमेश उप्रेती विवादमा फसेका छन्।

उनले बलात्कार केसमा पुर्पक्षका लागि थुनामा रहेका अर्का अभिनेता पल शाहको बचाउमा अभिव्यक्ति दिएका थिए। 

उप्रेतीले एक टेलिभिजन कार्यक्रममा भनेका थिए ‘बलात्कार हुने वित्तिकै कराउन, चिच्याउन पर्यो अथवा भोलिपल्टै पुलिसकोमा गएर उजुरी दिनुपर्छ। एकवर्षपछि उजुरी दिएर हुँदैन।’

पललाई एक नाबालिग गायिकाले दुई ठाउँमा बलात्कारको मुद्दा  दर्ता गराएकी थिइन्। सोही कुरालाई इंगित गर्दै भनेका छन् ‘अनी, हरेक ठाउँमा बलात्कार हुँदैन। एक ठाउँमा भएपछि भयो।’

उप्रेतीले सामाजिक सञ्जालमा आएका अन्य प्रतिकृया झैं ‘कुरा मिल्दा चमत्कार, नमिल्दा बलात्कार भन्नु राम्रो होइन’ भनेर प्रतिक्रिया जनाएका थिए। 

उनले कार्यक्रममा पल शाह पीडक नभएको जिकिर समेत गरेका छन्। 

रमेशको यो भनाइलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ। रमेशको अभिव्यक्तिलाई लिएर नेपाली नायिकाहरुले नै प्रश्न उठाएका छन्। 

अभिनेत्री स्वस्तिमा खड्का, बेनिशा हमाल लगायतले उनको अभिव्यक्तिलाई पुरातन सोचको मानसिकता र रवैयाको संज्ञा दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad