नेपाली कथानक चलचित्र ‘लण्डन टु पेरिस’मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित भएकी छिन्।
घनश्याम लामिछानेले निर्देशन गर्न लागेको यो चलचित्रमा साम्राज्ञीले शीर्ष भूमिकामा रहेर अभिनय गर्नेछिन्।
एबी इन्टरनेसनलको ब्यानरमा निर्माण हुने यो चलचित्रमा अमित बस्नेत, अजित कुमार थापा, परी राना, अङ्कित गौतम र सनिश खकुरेलले संयुक्त रुपमा लगानी गरेका छन्।
चलचित्रको असारबाट छायांकन सुरु हुने निर्देशक लामिछानेले बताएका छन्। यो चलचित्र बेलायत र फ्रान्समा छायांकन हुने छ।
चलचित्रको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन्।
171
Shares

प्रतिक्रिया