पछिल्ला केही वर्ष यता नेपाली संगीतमा अर्जुन पोख्रेलले एकछत्र राज गरेका छन्। उनी चलचित्र संगीतदेखि सुगम संगीतमा पनि उत्तिकै जमेका छन्।
पछिल्लो समय लोकप्रिय बनेका अधिकांश गीतमा उनले नै संगीत दिएका छन्। थुप्रै गीत उनी आफैंले लेखेका छन्।
संगीतकार अर्जुनले निर्देशनको यात्रा पनि प्रारम्भ गरेका छन्। उनले आफैंले लेखेको तथा संगीत गरेको ‘नथिया’बोलको गीतको म्यूजिक भिडियो निर्देशन गर्दै एक्सन कटको यात्रा सुरु गरेका हुन्।
सार्वजनिक गीत दुर्गा खरेल र प्रवीण भेटवालले गाएका छन्। गीतको म्यूजिक भिडिओमा भने नायिका पूजा शर्मा र मोडल रोशन केसीले अभिनय गरेका छन्। भिडिओमा नवराज उप्रेतीको छायांकन, अर्जुन जिसीको सम्पादन, सुरेन बसेलको कोरियोग्राफी छ।
म्यूजिक भिडिओ सार्वजनिक गर्दै अर्जुनले फिल्म निर्माण समेत जोडिने संकेत दिएका छन्। पछिल्लो केहि समयदेखि फिल्म निर्माणको वर्कआउट गरिरहेका अर्जुनले लभ स्टोरी फिल्ममा लगानी गर्ने तयारी गरेका छन्।
Shares

प्रतिक्रिया